ललितपुर -१ मा उदयशमशेर राणाको सुरुवाती अग्रता

ललितपुर -१ मा उदयशमशेर राणाको सुरुवाती अग्रता

केन्द्रबिन्दु
15
Shares

ललितपुर | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबराले अग्रता लिएका छन् । पछिल्लो प्राप्त नतिजा अनुसार उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा स्पष्ट मतान्तरले अगाडि छन् ।

दोस्रो स्थानका लागि भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेबीच निकै रोचक र कडा प्रतिस्पर्धा देखिएको छ। उदयशमशेर राणा २,६७४ मतका साथ शीर्ष स्थानमा छन् । उनले दोस्रो स्थानमा रहेका बुद्धरत्न महर्जनभन्दा १,२९२ मतको अग्रता बनाए ।

रास्वपाका बुद्धरत्न महर्जन (१,३८२) र एमालेका चेतनाथ सञ्जेल (१,३२४) बीच मात्र ५८ मतको झिनो अन्तर छ। यी दुई बीचको प्रतिस्पर्धाले यस क्षेत्रको नतिजालाई थप रोचक बनाएको छ।

Logo