काठमाडाैं । काठमाडौं क्षेत्र नं. ४ को पछिल्लो मतपरिणाम अनुसार रास्वपाका पुकार बमले फराकिलो अग्रता बनाएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार स्वतन्त्र तथा वैकल्पिक शक्तिका उम्मेदवारहरूको चर्चा भइरहँदा बमले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका हुन् ।
रास्वपाका पुकार बम ६,२८४ मतका साथ शीर्ष स्थानमा रहेका छन् । उनी र दोस्रो स्थानमा रहेका कांग्रेसका सचिन तिमल्सेनाबीच ४,३७७ मतको ठूलो अन्तर देखिएको छ। दोस्रो स्थानका लागि सचिन तिमल्सेना र नेकपा एमालेका राजन भट्टराईबीच कडा प्रतिष्पर्धा देखिएको छ, जहाँ तिमल्सेना केही मतले अगाडि छन् ।
अन्य उम्मेदवार सुरेन्द्रराज भण्डारी, झनक अधिकारी र इन्द्र भुषाल भने निकै कम मतका साथ पछ्याइरहेका छन् ।





























प्रतिक्रिया