कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना रोचक मोडमा पुगेको छ । पछिल्लो प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामी १०७७ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई नेकपा एमालेका तारालामा तामाङले १०२९ मतका साथ कडा टक्कर दिइरहेका छन् । दुई उम्मेदवारबीचको अन्तर मात्र ४८ रहेको छ। नेकपा (माओवादी केन्द्र) की विना मगर ५८३ मतसहित तेस्रो र नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय ४२५ मतसहित चौथो स्थानमा छन् ।
यो क्षेत्रमा रास्वपा र एमालेबीचको ‘नेक–टु–नेक’ प्रतिस्पर्धाले चुनावी सरगर्मी बढाएको छ।





























प्रतिक्रिया