मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, योगेश गौचन विजयी

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, योगेश गौचन विजयी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट उठेका नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् ।

गौचन एमालेका इन्द्र धारा विष्टलाई हराएर विजयी भएका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।

गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए ।

Logo