बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । पछिल्लो मतगणना अनुसार ‘घण्टी’ चिह्न भएकी रास्वपाकी उम्मेदवार इन्दिरा रानाले ३,३९५ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार (सूर्य चिह्न) देवराज घिमिरेले १,३१० मत मात्र पाएका छन् । सुरुवाती गणना देखि नै रास्वपाले लिएको यो अग्रताले झापामा पुराना दलहरूका लागि ठूलो चुनौती खडा गरिदिएको छ।





























प्रतिक्रिया