मकवानपुर-२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि

मकवानपुर-२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । मकवानपुर-२ मा २ हजार १९१ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघि देखिएको छ। मनहरी गाउँपालिका-९ नम्बर वडाको मतगणना गर्दा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले १ हजार १४३ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली काँग्रेसका उम्मेदवार बुद्ध लामाले २७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले ३ सय मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लवशेर विष्ट १८४ मत सहित चौथो स्थानमा छन्।

यस क्षेत्रमा पर्ने ६२ वडामध्ये एउटा वडाको मत परिणाममा रास्वपा अघि देखिएको हो।

Skip This
Skip This
Logo