जनकपुरधाम । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा मधेस प्रदेशका ३२ मध्ये ३० वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले स्पष्ट अग्रता कायम गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा मनिष झा १९,६०३ मतका साथ निकै बलियो अवस्थामा देखिएका छन्। उनले आफ्नो निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि छाड्दै जितको नजिक पुगेका छन्। त्यस्तै, बारा-३ मा अरविन्द साह १३,६५५ मतसहित अग्रता लिइरहेका छन् भने महोत्तरी-१ मा प्रमोदकुमार महतो ९,८०७ मतका साथ अगाडि छन्।
यसैगरी सप्तरीकाे क्षेत्र नं. ४ मा सीताराम साह ३,०३१ मतका साथ अगाडि छन् भने क्षेत्र नं. १ मा पुष्पकुमारी चौधरी र क्षेत्र नं. २ मा रामजी यादवको अग्रता छ।
सिराहाका चारवटै निर्वाचन क्षेत्रमा अग्रता देखिएको छ। सिराहा-४ मा तपेश्वर यादव ४,०६१ मतका साथ अग्रस्थानमा छन्।
सर्लाहीकाे क्षेत्र नं. १ मा नीतिमा भण्डारी (कार्की) र क्षेत्र नं. ४ मा अमरेश कुमार सिंहले आफ्नो अग्रतालाई कायम राखेका छन्। अमरेश कुमार सिंह १,१३३ मतले अगाडि छन्। साथै पर्साका चारै क्षेत्रमा मतगणना जारी छ, जहाँ सुशील कुमार कानु (क्षेत्र नं. २) ४,२३८ मतका साथ अग्रता लिइरहेका छन्।
निर्वाचन आयोगका अनुसार केही क्षेत्रमा गणना अन्तिम चरणमा पुगेको छ भने केहीमा कडा प्रतिस्पर्धा देखिएको छ । रौतहट-२ र धनुषा-१ जस्ता क्षेत्रमा भने प्रतिस्पर्धा अझै खुल्न बाँकी देखिएको छ।































प्रतिक्रिया