काठमाडाैं । ललितपुर क्षेत्र नम्बर १ को मत गणना रोचक बन्दै गएको छ । पछिल्लो प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्ध रत्न महर्जनले झिनो मतको अग्रता बनाएका छन् ।
महर्जनले ७,०७१ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् भने उनलाई नेपाली कांग्रेसका उदय शम्शेर राणाले कडा चुनौती दिइरहेका छन् । राणा महर्जनभन्दा मात्र ७ मतले पछि छन् । उनले ७,०६४ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेकपा (एमाले) का उम्मेदवार चेतनाथ संजेल ४,०२० मतका साथ तेस्रो स्थानमा छन् भने हाम्रो नेपाली पार्टीका पदम कुमार लामाले १,६२६ मत प्राप्त गरेका छन् ।





























प्रतिक्रिया