काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी जिल्लामा स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार पुनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछाडि पारेका हुन् ।
पुनले हालसम्म ११,४३३ मत प्राप्त गरेका छन् । उनको यो मत संख्या दोस्रो स्थानमा रहेका उम्मेदवारको तुलनामा झण्डै तेब्बर बढी हो।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार (सूर्य)ले ३,९८६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस (रुख) का उम्मेदवार २,५९२ मतका साथ तेस्रो स्थानमा छन् ।





























प्रतिक्रिया