भक्तपुर -२ को यस्तो छ पछिल्लो अपडेट

भक्तपुर -२ को यस्तो छ पछिल्लो अपडेट

केन्द्रबिन्दु
18
Shares

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री ले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन् ।

पछिल्लो अपडेट अनुसार, खत्रीले १८,२५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई ठूलो अन्तरले पछाडि पारेका हुन् । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेत भने मात्र ४,४८० मत का साथ दोस्रो स्थानमा रहेका छन् । खत्री र बस्नेतबीचको मतान्तर १३,७७७ पुगेको छ।

त्यसैगरी, नेपाली कांग्रेस का उम्मेदवार कबीर राना ३,७८८ मतका साथ तेस्रो स्थानमा पछ्याइरहेका छन् ।

Logo