गलकोट (बागलुङ) । बागलुङ जिल्लाका दुई निर्वाचन क्षेत्रमै रास्वपाका उम्मेदवारले शुरुवातदेखिनै अग्रता कायम गरिएको छ ।
बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सुशील खड्काको अग्रता कायमै रहेको छ । काठेखोला गाउँपालिका–१, २ र बागलुङ नगरपालिका–१ र २ को जम्मा चार हजार ९२६ मत गन्दा रास्वपाको अग्रता कायमै देखिएको छ । खड्काले नेकपा (एमाले)का उम्मेदवार हिराबहादुर केसीलाई एक हजार २३९ मतान्तरले पछाडि पारेका छन् ।
अहिलेसम्मको मत परिणामअनुसार रास्वपाका खड्काले सुरुवाती अग्रता लिँदै आएका छन् । खड्काले दुई हजार ३३८ मत ल्याउँदा नेकपा एमालेका हिराबहादुर केसीले एक हजार ९९ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका भीस श्रीसल एक हजार ८७ मत प्राप्त गरेका छन् ।
यस्तै, राजमोका कृष्ण अधिकारीले ११८ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए । मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं २ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोम शर्माको अग्रता कायमै रहेको छ । १६ हजार १६६ मत गणना गर्दा शर्मा चार हजार ४६४ मतसहित पहिलो स्थानमा छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले तीन हजार ९५६ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र) का ज्ञामनाथ गैरेले तीन हजार ८७२ मत प्राप्त गर्दा नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले दुई हजार ६३० मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया