काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन् ।
पोखरेल ३०,७३७ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कोही नजिक आइपुगेनन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ९,१५९ मतमै खुम्चिए । यो पौडेलले अघिल्लोपटक जितेको क्षेत्र हो । तर यसपटक रास्वपाको लहर चल्दा पराजित हुन पुगे ।
कानुनमा स्नातक गरेका सस्मित वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित छन् । हाल उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेका छन्।





























प्रतिक्रिया