काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल भारी मतका साथ विजयी भएका छन् ।
पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी रश्मी आचार्यलाई २४ हजार ४१८ मतान्तरका साथ हराउँदै संसदको मार्ग खुला गरेका हुन् । ५२ हजार ५ सय १९ मत खसेकोमा पौडेलले ३१ हजार ९११ मत पाउँदा आचार्यले ७ हजार ४९३ मत प्राप्त गरिन् ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६४३ मत प्राप्त गरे ।





























प्रतिक्रिया