काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बम विजयी भएका छन् ।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनले २९,१४२ मत प्राप्त गर्दै सानदार जित दर्ता गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८,८२४ मत प्राप्त गरेका छन्। ३८ वर्षीय बमले तिमल्सेनालाई २०,३१८ को भारी मतान्तरले पराजित गर्दै विजयको झण्डा गाडेका हुन्।
अघिल्लो निर्वाचनमा काठमाडौं–१ मा उम्मेदवार बनेर तेस्रो स्थानको मत पाएका पुकारले यसपटक क्षेत्र परिवर्तन गरेर जित हासिल गरेका हुन् । उनी काठमाडौं–१ निवासी हुन् ।
यो क्षेत्र कांग्रेस सभापति गगन थापाले तीन पटक जितेको क्षेत्र हो । तर यसपटक उनी मधेश झरेपछि सचिन उठेका थिए ।





























प्रतिक्रिया