सिन्धुपाल्चोक -२ः युवराज दुलालको अग्रता कायमै

सिन्धुपाल्चोक -२ः युवराज दुलालको अग्रता कायमै

केन्द्रबिन्दु
57
Shares

सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा सिन्धुपाल्चोक क्षेत्र नं. २ मा तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो प्राप्त विवरण अनुसार नेकपाका उम्मेदवार युवराज दुलालले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार दुलालले ३,०२४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले २,३५५ मत प्राप्त गरेका छन् । दुलाल र तामाङबीच ६६९ मतको अन्तर देखिएको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झलक कुमार श्रेष्ठ घण्टी चिह्नका साथ १,८४६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

Logo