ललितपुर १ः रास्वपाका बुद्धरत्न महर्जनको अग्रता कायमै

ललितपुर १ः रास्वपाका बुद्धरत्न महर्जनको अग्रता कायमै

केन्द्रबिन्दु
30
Shares

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन्।

प्राप्त पछिल्लो विवरण अनुसार, घण्टी चिन्हका उम्मेदवार बुद्धरत्न महर्जन ११,२०२ मतसहित पहिलो स्थानमा रहेका छन्। उनलाई नेपाली कांग्रेसका उदय शमशेर राणाले पछ्याइरहेका छन्। रुख चिन्हका राणाले हालसम्म ८,३०२ मत प्राप्त गरेका छन्। महर्जन र राणाबीचको मतान्तर २,९०० रहेको छ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार चेतनाथ संजेल तेस्रो स्थानमा देखिएका छन्। सूर्य चिन्हका संजेलले ४,७४१ मत प्राप्त गरेका छन्।

अहिले ललितपुरका विभिन्न मतदान केन्द्रहरूको मत गणना कार्य जारी छ।

Logo