ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले भारी मतका साथ आफ्नो अग्रता कायम गरेका छन्।
खरेल ७,३०५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पारेका छन्। त्यस्तै, रुख चिन्हका उम्मेदवार प्रेमकृष्ण महर्जन १,०४० मतसहित दोस्रो स्थानमा रहेका छन्। एमालेका उम्मेदवार प्रेम महर्जन भने ७९३ मतका साथ तेस्रो स्थानमा देखिएका छन्।





























प्रतिक्रिया