नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन् । याेसँगै एमालेले खाता पनि खाेलेकाे छ ।
अन्तिम मतपरिणाम अनुसार राईले २४,६२६ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठलाई ६,०४५ मतान्तरले पराजित गरे । पराजित श्रेष्ठले १८,५८१ मत प्राप्त गरे ।
राई २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उठेका थिए। त्यतिबेला उनी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार थिए। राई २०८१ मा जसपा नेपाल विभाजन हुँदा अशोक राई नेतृत्वको जसपामा लागेका थिए। जसपाको महासचिवसमेत बनेका उनी पछिल्लो समय एमालेमा प्रवेश गरेसँगै पार्टीले उनलाई टिकट दिएको हो।





























प्रतिक्रिया