चितवन-१ मा रास्वपाका हरि ढकालको भारी अग्रता

चितवन-१ मा रास्वपाका हरि ढकालको भारी अग्रता

केन्द्रबिन्दु
30
Shares

चितवन । चितवन निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन् ।

ताजा प्राप्त विवरण अनुसार ढकालले १६,५९६ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै पछाडि पारेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दावा दोर्जे लामाले ५,५८५ मत प्राप्त गरेका छन् । ढकाल र लामाबीचको मतान्तर ११,०११ पुगेको छ।

नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटी ४,०४० मतका साथ तेस्रो स्थानमा रहेका छन्। मतगणना अझै जारी रहेको छ।

Logo