चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अत्यधिक मतान्तरसहित आफ्नो अग्रतालाई ऐतिहासिक उचाइमा पुर्याएका छन् ।
ताजा प्राप्त विवरण अनुसार लामिछानेले ४५,२९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मिना कुमारी खरेलले १२,७८६ मत प्राप्त गरेकी छन् । लामिछाने र खरेलबीचको मतान्तर ३२,५०७ पुगेको छ।





























प्रतिक्रिया