बाँके-१: रास्वपाका चौधरी १५ हजार बढी मतान्तरले विजयी

बाँके-१: रास्वपाका चौधरी १५ हजार बढी मतान्तरले विजयी

केन्द्रबिन्दु
21
Shares

नेपालगञ्ज । बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेशकुमार चौधरी भारी मतान्तरका साथ विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार ५६ वर्षीय चौधरीले ३२,७९२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५,३०१ मत प्राप्त गरेका छन् । चौधरी र गौडेलबीचको मतान्तर १७,४९१ रहेको छ।

२०७९ मा नाउपाबाट बाँके–१ को उम्मेदवार बनेर तेस्रो स्थानमा आए । चुनाव हारेपछि पनि नाउपामै सक्रिय थिए । तर अन्तिममा रास्वपामा प्रवेश गरेका थिए ।

Logo