काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतगणनामा २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार सार्वजनिक नतिजामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १७ सिट जित्दै स्पष्ट अग्रता बनाएको छ।
त्यस्तै नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टीले २ र नेकपा एमालेले १ सिट जितेका छन्।
प्रारम्भिक मतपरिणामअनुसार रास्वपा देशभर एक सयभन्दा बढी क्षेत्रमा अग्रतामा रहेको छ भने परम्परागत दलहरू भने धेरै ठाउँमा कमजोर देखिएका छन्।
कुन दल कहाँ विजयी ?
रास्वपा – १७ सिट
धनुषा–३ — मनिष झा
कास्की–३ — बिना गुरुङ
काठमाडौं–१० — प्रदीप विष्ट
मोरङ–४ — सन्तोष राजवंशी
कास्की–२ — उत्तमप्रसाद पौडेल
काठमाडौं–५ — सस्मित पोखरेल
काठमाडौं–४ — पुकार बम
काठमाडौं–६ — शिशिर खनाल
काठमाडौं–८ — विराजभक्त श्रेष्ठ
काठमाडौं–३ — राजुनाथ पाण्डे
काठमाडौं–१ — रञ्जु दर्शना नेउपाने
काठमाडौं–९ — डोलप्रसाद अर्याल
मोरङ–६ — रुबिना आचार्य
बाँके–१ — सुरेशकुमार चौधरी
स्याङ्जा–१ — धनञ्जय रेग्मी
रुपन्देही–४ — कन्हैया बनियाँ
(अन्य एक क्षेत्रसमेत समावेश)
नेपाली कांग्रेस – ४ सिट
दैलेख–१ — बासना थापा
रसुवा–१ — मोहन आचार्य
मुस्ताङ–१ — योगेश गौचन थकाली
मनाङ–१ — टेकबहादुर गुरुङ
नेपाली कम्युनिष्ट पार्टी – २ सिट
रुकुम पूर्व–१ — पुष्पकमल दाहाल ‘प्रचण्ड’
कालिकोट–१ — महेन्द्रबहादुर शाही
नेकपा एमाले – १ सिट
बाँके–२ — मोहम्मद ईश्तियाक राई
समग्र अवस्था (२५ क्षेत्र):
रास्वपा — १७
कांग्रेस — ४
नेकपा — २
एमाले — १





























प्रतिक्रिया