झापा -५ मा बालेनभन्दा ओली निकै पछि

झापा -५ मा बालेनभन्दा ओली निकै पछि

केन्द्रबिन्दु
27
Shares

झापा । देशभरकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र मानिएको झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले ऐतिहासिक अग्रता कायम गरेका छन् ।

ताजा मतपरिणाम अनुसार बालेन शाहले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पछि पारेका हुन् । शाहले ३२,३३६ मत पाए भने ओलीले ८,५१८ मत पाएका छन् ।

एमालेको ‘लालकिल्ला’ मानिने र अध्यक्ष ओलीको गृहक्षेत्र समेत रहेको यस निर्वाचन क्षेत्रमा बालेनको यो अग्रतालाई राजनीतिक वृत्तमा ठुलो उथलपुथलको रूपमा हेरिएको छ ।

Skip This
Skip This
Logo