पोखरा । लामो समयदेखि नेकपा एमालेको प्रभावमा रहेको कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा यसपटक राजनीतिक समीकरण उल्टिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ले फराकिलो मतान्तरसहित विजय हासिल गर्दै एमालेको पुरानो आधार क्षेत्र तोडेका छन्।
अन्तिम मतपरिणामअनुसार पौडेलले ३१ हजार ९११ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत मात्र पाए। दुई उम्मेदवारबीचको मतान्तर २४ हजार ४१८ रहेको छ।
यसैगरी नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोला (मधु) ले करिब ६ हजार ५ सय मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। अन्य दलका उम्मेदवारहरू भने निकै पछाडि परेका छन्।
यस क्षेत्रमा २०७९ को निर्वाचनमा रास्वपा करिब ४ हजार ५ सय मतले पराजित भएको थियो। तर यसपटक पौडेलले सो परिणाम उल्टाउँदै निर्णायक जित हासिल गरेका हुन्।
अन्य उम्मेदवारतर्फ राप्रपाका हेमजंग गुरुङले १ हजार ६४३ मत, नेकपाका हेमबहादुर थापा (किरण) ले १ हजार २७६ र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन्।





























प्रतिक्रिया