सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा भण्डारी कार्कीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै भारी अग्रता कायम गरेका छन् ।
ताजा मत परिणामअनुसार भण्डारीले २८,६०५ मत प्राप्त गरेका छन् । उनी अन्य उम्मेदवारभन्दा निकै फराकिलो मतान्तरले अगाडि छन् । नेपाली काँग्रेसका शम्भु लाल श्रेष्ठले ४,५१९ मत पाउँदा नेकपा एमालेका मनोज कुमार आचार्यले ३,९६७ मत पाएका छन् ।





























प्रतिक्रिया