रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

केन्द्रबिन्दु
18
Shares

भैरहवा। रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे ।

हालसम्माको नतिजा अनुसार सबैभनदा धेरै मत अन्तरले जितेका हुने । शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरे ।

Skip This
Skip This
Logo