दैलेख। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार पोखरेलले १० हजार २३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पाल शाहीले ७ हजार १ मत पाएका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले ३ हजार १४२ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार केही वडाको मतगणना अझै बाँकी रहेको छ र गणना प्रक्रिया जारी छ। बाँकी वडाको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक हुने जनाइएको छ।
दैलेख–२ मा कुल ८१ हजार ५०३ मतदाता रहेका छन्। यसमध्ये करिब ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।































प्रतिक्रिया