सुनसरी–१ मा हर्कराज राईको अग्रता फराकिलो

सुनसरी–१ मा हर्कराज राईको अग्रता फराकिलो

केन्द्रबिन्दु
63
Shares

धरान। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृती पार्टीका हर्कराज राईले अग्रता फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार राईले ९ हजार १३३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले ७ हजार ४७२ मत पाएकी छन्।

नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले १ हजार ४८९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख ५० हजार ३९३ मतदाता रहेका छन्। तीमध्ये ८७ हजार ८६५ मत खसेको छ।

सुनसरी–१ मा स्वतन्त्रसहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् र मतगणना प्रक्रिया जारी छ।

Logo