जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेतलाई पराजित गर्दै कांग्रेसका खड्गबहादुर बुढा विजयी

जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेतलाई पराजित गर्दै कांग्रेसका खड्गबहादुर बुढा विजयी

केन्द्रबिन्दु
21
Shares

जाजरकोट। प्रतिनिधि सभा निर्वाचनमा जाजरकोटबाट नेपाली कांग्रेसका खड्गबहादुर बुढा विजयी भएका छन्।

पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत (नेपाली कम्युनिस्ट पार्टी)लाई २,७३५ मतान्तरले पराजित गर्दै बुढाले २०,१४२ मत प्राप्त गरे। बस्नेतले १७,४०७ मत ल्याए। त्यस्तै, नेकपा एमालेका डम्बरबहादुर सिंहले १६,८८३ मत प्राप्त गरे भने रास्वपाका राघव कार्कीले २,४७१ मत पाए।

बुढा २०७४ मा शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित भएका थिए। यद्यपि, उनी जिल्लामा युवामाझ परिचित नेता मानिन्छन्। विद्यार्थी राजनीतिबाट उदाएका उनले पार्टीको जिल्ला उपसभापति र कार्यवाहक सभापतिका रूपमा काम गरिसकेका छन्।

बुढा पश्चिम क्षेत्रका उम्मेदवार हुन् भने अन्य अधिकांश उम्मेदवार पूर्वी जाजरकोटबाट आएका थिए। पश्चिम क्षेत्रबाट लामो समयसम्म उम्मेदवारी नपाएकाले उनलाई सहानुभूतिका मत पनि प्राप्त भएको स्थानियको भनाई छ।

Logo