अछाम। अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतकुमार स्वाँर प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार स्वाँरले १०,७५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का भीमबहादुर रावलले १०,२३० मत ल्याए। स्वाँरले ५२८ मत अन्तरले रावललाई पराजित गरेका हुन्।
तेस्रो स्थानमा नेकपा (एमाले) का दीपक साउद रहे, जसले ७,३८६ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १,७४५ मत ल्याए।
अछाम–१ मा कांग्रेसले कडा प्रतिस्पर्धा पार गर्दै जित हासिल गरेको छ।





























प्रतिक्रिया