धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई ठूलो मतान्तरले पराजित गर्दै जित हात पारेकी हुन्।
शनिबार राति सम्पन्न अन्तिम मतगणनाअनुसार तामाङले ३९ हजार १२८ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका त्रिपाठीले १५ हजार ३२ मत पाए। यससँगै तामाङले २४ हजार ९६ मतान्तरले विजय हासिल गरिन्।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७ सय ९ मत प्राप्त गरे भने नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत ल्याए।
धादिङ–१ मा रास्वपाले फराकिलो मतान्तरसहित जित निकाल्दै नयाँ राजनीतिक शक्ति प्रति मतदाताको झुकाव देखिएको छ।





























प्रतिक्रिया