धनुषा–४ मा रास्वपाका राजकिशोर महतो विजयी

धनुषा–४ मा रास्वपाका राजकिशोर महतो विजयी

केन्द्रबिन्दु
18
Shares

धनुषाधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार महतोले ४८ हजार २७० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरे।

त्यस्तै नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले ११ हजार ५२९ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

यस निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ जना उम्मेदवार चुनावी मैदानमा थिए। कुल १ लाख २७ हजार ७७८ मतदाता रहेको क्षेत्रमा ८३ हजार ९६७ मत खसेको थियो।

Logo