सुनसरी–१ मा हर्कराज राईको फराकिलो अग्रता

सुनसरी–१ मा हर्कराज राईको फराकिलो अग्रता

केन्द्रबिन्दु
39
Shares

धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले फराकिलो अग्रता बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार राईले २२ हजार ५४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले १४ हजार १११ मत पाएका छन्। हालसम्म राई ८ हजार ४३१ मतले अगाडि छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ३ हजार ३८४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ हजार १२६ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार २ हजार १५१ मतसहित पछाडि छन्।

सुनसरी–१ मा मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo