काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले ३५ हजार ६८८ मत प्राप्त गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका हुन्।
थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। सिंहले थापाभन्दा झण्डै १२ हजार ८ सय भन्दा बढी मतान्तरले जित हात पारेका हुन्।
यस जितसँगै अमरेशकुमार सिंहले सर्लाही–४ बाट प्रतिनिधिसभामा आफ्नो उपस्थिति बलियो बनाएका छन् भने कांग्रेस सभापति थापाको लागि यो परिणाम राजनीतिक रूपमा निकै महत्वपूर्ण पराजयका रूपमा हेरिएको छ।
यसअघि पनि सिंह सर्लाही क्षेत्रको प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्। यसपटकको निर्वाचन परिणामले सर्लाही–४ मा रास्वपाको प्रभाव विस्तार हुँदै गएको संकेत गरेको विश्लेषण गरिएको छ।































प्रतिक्रिया