काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ करिब १० लाख १६ हजार मत प्राप्त गर्दै अन्य दलभन्दा अगाडि रहेको छ। करिब २० लाख मत गणना हुँदा रास्वपाको यो हिस्सा लगभग आधा मत जति छ। हालसम्म कुल १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ।
अन्य प्रमुख दलको मत परिणाम यस प्रकार छः नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७ सय ३२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २ लाख ६९ हजार ७० र ८८नेकपा (माओवादी केन्द्र)८८ले १ लाख १८ हजार ९ सय २० मत पाएका छन्।
समानुपातिकतर्फका अन्य दलले भने कम मत पाएका छन्। राप्रपाले ७३,१८१, श्रम संस्कृति पार्टीले ४२,७८७, राष्ट्रिय परिवर्तन पार्टीले २३,६२४ मत प्राप्त गरेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी नेपालले १३,६८९, नेपाल मजदुर किसान पार्टीले ९,७५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९,१२१, जनमत पार्टीले ८,६०३, नेपाली कम्युनिस्ट पार्टीले ५,८८४, राष्ट्रिय जनमोर्चाले ५,५५० र राष्ट्र निर्माण दल नेपालले ५,५२५ मत पाएका छन्।
यस नतिजाले रास्वपाको समानुपातिकतर्फ बलियो प्रभाव देखाएको छ र आगामी संसदीय गठबन्धनमा यसको राजनीतिक दाबीलाई थप मजबुत बनाउने अनुमान गरिएको छ।





























प्रतिक्रिया