काठमाडौँ। रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम विजयी भएका छन्। पूर्व मन्त्री स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५२८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी, नेपाल कम्युनिस्ट पार्टीका किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे। यसरी उनीहरूबीच मतान्तर ११ हजार ८६ पुगेको छ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शेख सगिर रहे, जसले ९ हजार ३२५ मत पाएका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपाल का रामअशिष राय यादवले २,९६०, नेकपा (एमाले) का मोहम्मद अतिउल्लाहले २,३८२ र आम जनता पार्टी का श्रीभगवान राउत कुर्मीले १,८२५ मत प्राप्त गरेका छन्।





























प्रतिक्रिया