डोल्पामा चौँथोपटक नेकपाका धनबहादुर विजयी

डोल्पामा चौँथोपटक नेकपाका धनबहादुर विजयी

केन्द्रबिन्दु
51
Shares

डोल्पा । हिमाली जिल्ला डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा चौँथो पटक विजयी भएका छन् ।
यसपालिको निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याएर नेकपा एमालेका लंकबहादुर रोकायलाई १ हजार ४ सय ६ मतान्तले पछाडि पार्दै विजयी भएका हुन् ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवार एमालेका उम्मेदवार रोकायले ५ हजार ३ सय ९६ मत ल्याएर पराजित भए।

त्यसैगरी नेपाली काङ्ग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गरेर तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देव सिँह ऐडीले १ सय ८१ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद डाँगीले ९२ मत,स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले ५४ मत ल्याए।

त्यसैगरि प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार बिकास बुढाले २१ मत,उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्टले ११ मत र मितेरी पार्टी नेपालकी उम्मेदवार जुनु भन्डारीले २ मत प्राप्त गरेकी छन् ।

यसपटक डोल्पामा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका सह–महामन्त्री सहोदर दाइ कर्णबहादुर बुढालाई पनि पराजित गरेर उनले चौथो जित निकाल्न सफल भए।

Skip This
Skip This
Logo