भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । भोजपुरमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले जित हासिल गरेको छ । आइतबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई (माटो) १६,६६३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई (सूर्य)लाई १,९१३ मतान्तरले पराजित गरेका हुन् । पराजित शेरधन राईले १४,७५० मत प्राप्त गरे ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापा (रूख) ८,६७० मतका साथ तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझा (घन्टी) ले ६,१०२ मत प्राप्त गरेका छन् । पाँचौँ स्थानमा रहेका अजम्बर राई काङमाङ (तारा) ले ५,६२८ मत ल्याए ।

Logo