काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो वर्चस्व कायमै राखेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार कुल ५० लाख ६८ हजार ८३२ मत गणना हुँदा रास्वपाले झन्डै आधा मत प्राप्त गर्दै अन्य दलहरूलाई निकै पछि पारेको छ।
आयोगका अनुसार रास्वपाले २४ लाख ९८ हजार ०९४ मत प्राप्त गरेको छ। यो कुल गणना भएको मतको करिब ४९ प्रतिशत हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ४३ हजार ०८२ मत पाएको छ भने नेकपा (एमाले) ७ लाख २१ हजार २७६ मतका साथ तेस्रो स्थानमा छ।































प्रतिक्रिया