समानुपातिक मत गणनामा पनि रास्वपाको दबदबा

समानुपातिक मत गणनामा पनि रास्वपाको दबदबा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म ७९ लाख १० हजार ४०८ मत गणना भएको छ ।

निर्वाचन आयोगका तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ३८ लाख २२ हजार ६३२ मत पाएको छ।

दोस्रो स्थानमा नेपाली कांग्रेस १२ लाख ८९ हजार ४४८ मतसहित रह्यो। नेकपा एमालेले १० लाख ८९ हजार ४४९ र नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ६२ हजार ९१४ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ३०४ मत पाएको छ भने श्रम संस्कृति पार्टीले २ लाख ६२ हजार ६६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

यो परिणामले स्पष्ट देखाउँछ कि समानुपातिक मततर्फ रास्वपाको दबदबा छ, जबकि अन्य दलहरूले उल्लेखनीय मत संकलन गरेका भए पनि उनीहरूको प्रभाव कम रहेको छ।

Logo