सर्लाहीमा पूर्वमन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाहीमा पूर्वमन्त्रीसहित १२४ जनाको जमानत जफत

केन्द्रबिन्दु
6
Shares

बरहथवा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ। निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुन्छ।

गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जनाको जमानत जफत हुने देखिएको छ।

क्षेत्र नं. १ मा निवर्तमान सांसदसहित २८ जना उम्मेदवारको जमानत जफत भएको छ। नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ बाहेक सबैको जमानत जफत भएको छ। यस क्षेत्रमा जमानत जोगाउन कम्तीमा ७,३८५ मत आवश्यक थियो।

यो क्षेत्रबाट जनता समाजवादी पार्टीका निवर्तमान प्रतिनिधिसभा सदस्य राम प्रकाश चौधरी, नेपाली कम्युनिष्ट पार्टीका पूर्व सांसद प्रमोद साह, नेकपा (एमाले)का पूर्व मेयर मनोजकुमार देवकोटा लगायत २८ जनाको जमानत जफत भएको छ। चौधरीले ३,९९१, साहले ५,४९८ र देवकोटाले ६,१०१ मत मात्र प्राप्त गरे। कूल १,३०,८७१ मतमध्ये ७९,२०७ मत खसेको थियो, जसमा ७३,८४२ मत सदर भएको थियो।

क्षेत्र नं. २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ। १७ जना स्वतन्त्र उम्मेदवार यसमा छन्। जमानत सुरक्षित गर्न कम्तीमा ७,२३९ मत आवश्यक थियो। महतोले ५,९९२ मत मात्र प्राप्त गरे। निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका पूर्वमन्त्री महेन्द्रराय यादवले ८,५२३ मत ल्याएर जमानत जोगाए। यस क्षेत्रमा १,२५,३११ मतदाता मध्ये ७७,७८९ मत खसेको थियो।

क्षेत्र नं. ३ मा ३४ जनाको उम्मेदवारीमा ३२ जनाको जमानत जफत भएको छ। पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्र जमानत जोगाउन सफल भए। यहाँ नेकपा एमालेका पूर्व रक्षामन्त्री एवं निवर्तमान सांसद हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल लगायतको जमानत जफत भएको छ।

क्षेत्र नं. ४ मा ३८ उम्मेदवारमध्ये कांग्रेस सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादव बाहेक ३५ जनाको जमानत जफत भएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह विजयी भए। निकटतम प्रतिस्पर्धी सभापति थापाले २२,८३१ र तेस्रो स्थानमा रहेका यादवले ९,३४३ मत प्राप्त गरी जमानत जोगाए।

प्रत्यक्ष निर्वाचनमा कूल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उम्मेदवारको जमानत दर्ता रकम जफत हुन्छ। जफत भएको रकम राज्यकोषमा जाने व्यवस्था निर्वाचन आयोगले जनाएको छ।

सर्लाहीका चार वटै क्षेत्रमा निर्वाचित उम्मेदवारले भारी मत प्राप्त गर्दा जमानत गुमाउने उम्मेदवारको संख्या यसपटक उच्च भएको देखिएको छ।

Skip This
Skip This
Logo