काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हाँसिल गरेका महावीर पुनले आज पोखरामा आफ्नो पुस्तक बेच्ने भएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु।’
उनले पोखराकै पृथ्वीचोकमा दिउँसो १ बजे र महेन्द्रपुलमा दिउँसो ४ बजे पुस्तक बेच्न पुग्ने बताएका छन् । ‘चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताब लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगंजमा कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’ पुनले भने।































प्रतिक्रिया