विजयी भइसक्दापनि मातृका यादवलाई दिइएन प्रमाणपत्र, नेकपाको गम्भिर आपत्ति

विजयी भइसक्दापनि मातृका यादवलाई दिइएन प्रमाणपत्र, नेकपाको गम्भिर आपत्ति

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ ।
निर्वाचन आयोगको फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय भएको नेकपाले जनाएको छ ।
निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मत गणनासमेत भइ यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय भएको पार्टीको भनाई छ ।

Skip This
Skip This
Logo