रुपन्देही। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका चार जनामध्ये एक जना मात्रै सफल भएका छन्। बाँकी तीन जना भने प्रमुख प्रतिस्पर्धामा आउन नसकी पछाडि परेका छन्, एक जनाको त जमानतसमेत जफत भएको छ ।
प्रदेशसभा सदस्य पद छाडेर प्रतिनिधिसभा चुनाव लडेका कन्हैया बानियाँ, कृष्णा केसी, धनबहादुर मास्की र धर्मबहादुर चौधरीमध्ये कन्हैया बानियाँ मात्रै विजयी भएका छन्।
रूपन्देही–४ बाट रास्वपाका उम्मेदवार बनेका बानियाँले एमालेका प्रमोद यादवलाई हराउँदै प्रतिनिधिसभामा स्थान बनाए। उनी यसअघि लोसपाबाट प्रदेशसभा सदस्य थिए।
बाँकेबाट उम्मेदवार बनेकी कृष्णा केसी भने निकै कम मतसहित छैटौँ स्थानमा सीमित भइन् र उनको जमानत जफत भयो। दाङका धनबहादुर मास्की चौथो र बर्दियाका धर्मबहादुर चौधरी पाँचौँ स्थानमा सीमित भए।
प्रदेशको पद छाडेर संघीय चुनाव लडेका अधिकांश नेताले हार बेहोरेपछि सामाजिक सञ्जालमा उनीहरूलाई “न पुरानो पद, न नयाँ संसद” भन्दै आलोचना पनि भइरहेको छ।





























प्रतिक्रिया