म्याग्दीमा झण्डै ७ प्रतिशत मत बदर

म्याग्दीमा झण्डै ७ प्रतिशत मत बदर

केन्द्रबिन्दु
15
Shares

म्याग्दी। प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीमा प्रत्यक्षतर्फ करिब सात प्रतिशत मत बदर भएको छ। समानुपातिकतर्फ तीन प्रतिशत मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रत्यक्षतर्फ ४६ हजार ३३६ मत खसेकामा तीन हजार १७६ मत बदर भई ४३ हजार १६० मत सदर भएका छन्। समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेकामा एक हजार ७१० मत बदर भई ४५ हजार ९०६ मत सदर भएको छ।

अघिल्लो निर्वाचनको तुलनामा यसपटक दुवै प्रणालीमा बदर मतको संख्या बढेको देखिएको छ।

निर्वाचन अधिकारीका अनुसार मतपत्रमा एकभन्दा बढी चिन्ह लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने कारणले मत बदर बढेको हो। जिल्लामा कुल ८६ हजार ३९७ मतदातामध्ये करिब ५४ प्रतिशतले मतदान गरेका थिए।

Logo