पूर्व आईजीपी खापुङविरुद्ध मुद्दा चलाउन छानविन आयोगको सिफारिस

पूर्व आईजीपी खापुङविरुद्ध मुद्दा चलाउन छानविन आयोगको सिफारिस

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न बनेको आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ मा भएको प्रदर्शनका घटनाबारे सरकारलाई प्रतिवेदन बुझाउँदै खापुङमाथि अनुसन्धान गरी अभियोजन गर्नुपर्ने सुझाव दिएको हो।

प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा किशोरसहित धेरै प्रदर्शनकारीको ज्यान गएको थियो। आयोगका अनुसार सो समयमा अधिक बल प्रयोग गर्ने आदेश आईजीपी खापुङबाट गएको देखिएको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध पनि कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको छ।

सरकारी तथ्यांकअनुसार भदौ २३ र २४ को घटनामा देशभर ७६ जनाको मृत्यु भएको थियो, जसमा ३९ जना गोली लागेर ज्यान गुमाएका थिए।

आयोगले काठमाडौँ जिल्ला सुरक्षा समितिका केही पदाधिकारीलाई विभागीय कारबाही गर्न पनि सुझाव दिएको छ।

Logo