लमजुङमा १२ मध्ये ९ उम्मेदवारको जमानत जफत

लमजुङमा १२ मध्ये ९ उम्मेदवारको जमानत जफत

केन्द्रबिन्दु
15
Shares

लमजुङ। प्रतिनिधिसभा निर्वाचनमा लमजुङका १२ उम्मेदवारमध्ये ९ जनाको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा ७३ हजार १० मत सदर भएको थियो। जमानत जोगाउन कम्तीमा ७ हजारभन्दा बढी मत आवश्यक थियो।

जमानत जफत हुने उम्मेदवारमा नेकपाका हरिजंग तामाङ, राप्रपाका केबिन्द्रजंग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, नेमकिपाका गुजेश्वर प्रजापति मगजु, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश नेपालका मिलन बास्कोटा, माओवादीका रविन्द्र नाखोला, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे छन्।

लमजुङबाट रास्वपाका धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी भए। एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत पाए।

जिल्लामा १ लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ४६० मत खसेको थियो।

Logo