काठमाडौँ । प्रत्यक्षमा बागमती प्रदेशको ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ३१ सिट जितेको छ ।
पहिलो पटक एउटै दलले ३३ क्षेत्रमा ३१ सिट जितेर रास्वपाको ऐतिहासिक उदय भएको छ । बाँकी दुई क्षेत्रमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १–१ सिट जिते । २०७९ को निर्वाचनमा कूल सिट संख्याको आधारमा देशकै दोस्रो ठूलो र समानुपातिकमा पहिलो ठूलो दल नेकपा एमाले भने बागमतीमा शून्य बन्न पुग्यो ।
समानुपातिक तर्फ बागमतीमा रास्वपाले ११ लाख १९ हजार २७० मतसहित पहिलो दल बन्यो । नेपाली कांग्रेस ३ लाख २१ हजार १०६ मतसहित दोस्रो र नेकपा एमाले २ लाख ६१ हजार ८९७ मतसहित तेस्रो स्थानमा छ ।
नेपाली कम्युनिस्ट पार्टी एक लाख ८८ हजार १८२ मतसहित चौथो स्थानमा रह्यो ।





























प्रतिक्रिया