काठमाडौं । नेकपा (एमाले)का नेता बासुदेव घिमिरेले पार्टी नेतृत्व र वर्तमान अवस्थाप्रति तीखो व्यङ्ग्य गर्दै नेतृत्वलाई आत्मालोचना गर्न सुझाव दिएका छन्।
चुनावी परिणामलाई लिएर नेतृत्वमाथि नै असन्तुष्टि चुलिइरहेका बेला घिमिरेले सामाजिक सञ्जालमार्फत पञ्चायत ढल्दै गर्दा पञ्चहरूले सबै ठीक छ महाराज भन्ने गरेको प्रसंग कोट्याउँदै अध्यक्ष केपी शर्मा ओलीमाथि प्रहार गरेका हुन्। उनले भनेका छन्, ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही थियो— ‘सबै ठीक छ, महाराज।’
एमालेका अध्यक्ष ओलीले चुनावपछि पहिलाेपटक आजै निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताएका थिए । उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका थिए । “जनताको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो’’, उनले भनेका थिए, “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’’





























प्रतिक्रिया