उदयपुर। उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबाट दुई पटक पालिका अध्यक्ष बनेका मेजर कुमार राईले संघीय निर्वाचनमा अनौठो “मत यात्रा” तय गरे। २०७४ र २०७९ मा गाउँपालिकामा लोकप्रिय नेता भनेर सबैले मानेका र दुई पटक विजेता बनेका मेजर राईले उदयपुर–२ प्रतिनिधिसभा सदस्यको पदमा उम्मेदवारी दिए। तर पार्टीको आधिकारिक टिकट नपाएपछि बागी भएर चुनावमा भाग लिएका उनीका लागि परिणाम भने आश्चर्यजनक रह्यो।
९६ हजार १ सय मतदाता रहेको क्षेत्रमा उनीले जम्मा ९० मत मात्र पाए। आफ्नै पालिकाबाट मात्र ३४ मत, र बाँकी ५६ मत आफन्त–नातागोतबाट मात्रै जुट्यो। वडागत विवरण हेर्दा त झन् हास्यप्रद छ – वडा १ बाट २० मत, वडा २ बाट १० मत, पालिकाको केन्द्र रहेको वडा ३ बाट जिरो मत, वडा ४ र ५ बाट २–२ मत मात्र। आफैँको गाउँमा मत नपाएर उनी “लोकप्रियता छुट्टीमा” भएको देखियो।
दुई पटक पालिका अध्यक्ष भएर राजनीतिक गरिमा राखेका मेजर राईको यो अनुभव गाउँभरि हाँसोको विषय बनेको छ। चिया पसलदेखि चौतारीसम्म उनीमाथि ठट्टा भएको छ, र राजनीतिक भविष्य अहिले हास्य–व्यंग्यको पात्र जस्तै देखिन थालेको छ ।
मेजर राई, नेकपाका नेता हुन्, आफूलाई जनप्रेमी र इमान्दार ठान्दै संघीय निर्वाचनमा उम्मेदवारी दिए। तर आधिकारिक उम्मेदवार सुरेश राई (हिमाल) विरुद्ध बागी भएर उमेदवारी दिएका कारण पार्टीले कारबाही गरेको छ। स्थानीयहरूले उनमाथि सडक बजेट रोक्ने, काम नगर्ने र खर्च बेरुजुमा पार्ने आरोप लगाएका छन्।





























प्रतिक्रिया